माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात « Khabarhub

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।

हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ ।

माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उनका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।

स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो ।

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । ‘शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ’, उनले भने ।

जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन् । हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ । यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्‍याएकाे छ ।

माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ ।

त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।

त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्‍याएकाे बताए ।

जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन् । यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन ।

यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ४१ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन