अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’ « Khabarhub

अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एफ–१५ ई लडाकु विमान खसालिएपछि बेपत्ता भएका अमेरिकी अधिकारीको उद्धार गरिएको दाबी गरेका छन् ।

ट्रम्पले उद्धार गरिएका अधिकारी ‘सकुशल’ रहेको बताएका छन् । इरानले भने अमेरिकी र इजरायली आक्रमणमा माशह्र पेट्रोकेमिकल क्षेत्रमा पाँच जनाको मृत्यु भएको र १७० जना घाइते भएको जनाएको छ ।

इरानमा लडाकु विमान खसालिएपछि बेपत्ता भएका आफ्ना सैनिक अधिकारीको सकुशल उद्धार गरिएको अमेरिकाले जनाएको हो । उद्धारपछि खुसी व्यक्त गर्दै ट्रम्पले भने, “हामीले उनलाई पायौँ, उनी अहिले पूर्ण रूपमा सुरक्षित छन् ।”

यता इरानले भने अमेरिकी र इजरायली सैन्य बलले गरेको आक्रमणबाट ठुलो मानवीय क्षति भएको दाबी गरेको छ । इरानी अधिकारीका अनुसार माशह्र पेट्रोकेमिकल क्षेत्रमा भएको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ भने १७० जना घाइते भएका छन् ।

अमेरिकी सरकारका एक अधिकारीले ‘अल जजीरा’ लाई दिएको जानकारीअनुसार सयौँको सङ्ख्यामा रहेका ‘स्पेसल फोर्स’ सम्मिलित टोलीले भीषण मुठभेडपछि ती अधिकारीको उद्धार गरेको हो । यस उद्धार कार्यबारे इरानले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ५७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका