डीपी सभामुखमा निर्वाचित हुँदा स्वर्णिमले सम्झिए यी तीन पूर्वसभामुख « Khabarhub

डीपी सभामुखमा निर्वाचित हुँदा स्वर्णिमले सम्झिए यी तीन पूर्वसभामुख


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको संसद् बैठकमा तीनजना पूर्वसभामुखहरूलाई सम्झिएका छन्।

उनले आइतबार संसद्लाई सम्बोधनका क्रममा पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङलाई स्मरण गरेका हुन् । उनले सभामुखमा रूपमा डीपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास जनाएका छन् ।

बैठकमा सभामुख पदमा पार्टीका सांसद डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले तीन पूर्वसभामुखलाई स्मरण गरे।

कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद्को नेतृत्व असल र तटस्थ रुपमा निर्वाह गर्ने विश्वास उनले जनाए ।

‘२०१५ सालको निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो’, उनले भने, ‘सरकार सत्तापक्षको र संसद विपक्षको हुन्छ भन्ने मानक त्यतिबेलै स्थापित भएको थियो । यो न्याय गर्नुपर्ने मानक हो।’

वाग्लेले बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछय २०४८ सालका सभामुख दमननाथ ढुंगानालाई सम्झिए। ‘उहाँले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ति उच्च मानक के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनुभएको स्मरण म यहाँ गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले पनि इमान्दारीसाथ सभामुख पदलाई न्याय गर्नुभयो ।’

उनले २०६२/०६३ सालपछि पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सम्झिए। नेम्बाङले समन्वयकारी भूमिका निर्वाह गरेको चर्चा पनि उनले गरे।

‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङजस्ता अघिका अग्रजहरूलाई सम्झिँदै डीपी अर्यालले नयाँ पुस्तालाई बोकेर आफ्नै शैलीमा मौलिकता दिनुहुनेछ,’ वाग्लेले भने, ‘यो पाँच वर्षे कार्यकाल नेपालकै इतिहासमा अनुपम हुने विश्वास मैले लिएको छु।’

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : २० बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता