अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ « Khabarhub

अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा इरानका पूर्व सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ परेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सुलेमानीकी भतिजी हमीदेह सुलेमानी अफशार र उनकी छोरीलाई हिरासतमा लिइएको हो।

अधिकारीहरूका अनुसार उनीहरूको ‘ग्रीन कार्ड’ रद्द गरिएपछि अध्यागमन तथा भन्सार बल (आईसीई) को नियन्त्रणमा राखिएको छ। अमेरिकाले अफशारमाथि सामाजिक सञ्जालमार्फत् इरान पक्षमा प्रचार गरेको आरोप लगाएको छ।

सुलेमानी क्वाड फोर्सका प्रमुख थिए । सन् २०२० जनवरी ३ मा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक नजिक अमेरिकी ड्रोन हमलामा उनी मारिएका थिए।

अमेरिकी विदेश मन्त्रालयले अमेरिका विरोधी गतिविधिमा संलग्न वा त्यस्ता शासनको समर्थन गर्ने विदेशी नागरिकलाई अमेरिकामा बस्न नदिने नीति दोहोर्‍याएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ३१ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता