शंकर ग्रुपका शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो « Khabarhub

शंकर ग्रुपका शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट पक्राउ गरिएको हो ।

बुवा शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरिसकेको अवस्थामा अब छोरा पनि समातिएका हुन् ।

शुलभलाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा लिएको हो । उनलाई अहिले विभागमै उपस्थित गराइएको छ।

पछिल्लो समय भारतमा रहेका भनिएका उनलाई प्रहरीले रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको जनाएको छ।

यसअघि पक्राउ परेका शंकरले नै शुलभलाई तत्काल प्रहरीसमक्ष उपस्थित हुन भनेको दाबी गरिएको छ। शंकर र शुलभ दुवैजना व्यवसायी दीवक भट्टसँगको सम्पर्कका कारण तानिएका हुन् ।

भट्ट यसअघि नै पक्राउ परिसकेका छन् । उनीमाथि विभिन्न अभियोगमा छानबिन अघि बढाइएको छ।

यसअघि उनी विवादमा तानिएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पनि थिए ।

तर उनले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदबाट चैत १९ गते राजीनामा बुझाएका थिए। उनले बुझाएको राजीनामा चैत २० गते शुक्रबारको सञ्चालक समितिले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : ०४ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब