नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क « Khabarhub

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । 

आइतबार सिंहदरबारस्थीत संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सबैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । 

उनले अहिले पुरानो नभई नयाँ खालको जनमत आएकाले सबै दललाई समान व्यवहार हुने उल्लेख गरे । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफूहरूले आवाज उठाउने उनको भनाइ छ ।

अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दाबी रहेको भन्दै आफूहरू छलफलमा नै रहेको बताए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ०२ बजे

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले