शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद « Khabarhub

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ।

उनका बुवा शंकर अग्रवाल छुटेको दिन शुलभलाई भने प्रहरीले अनुसन्धानका लागि म्याद लिएको हो । हिरासतमै राख्ने या जमानतमा रिहा गर्ने विषयमा भएको बहसपछि जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।

यसअघि शंकर ग्रुपका अध्यक्षसमेत रहेका शंकर र शुलभलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो । यता शनिबार पक्राउ परेका शुलभले भने हिरासतमै रहनुपर्ने भएको छ।

शुलभ यसअघि पनि पक्राउ परिसकेका छन् । २०७६ सालमा कोभिड महामारीका बेला ज्वरो नाप्ने थर्मल गन महँगोमा बेचेको अभियोगमा उनी पक्राउ परेर तारेखमा छुटेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : २४ बजे

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले