राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।

आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी हुन् । 

भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् ।

चैत्र २३ गते सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ४० बजे

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा