बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी « Khabarhub

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रुपमा मनाइने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चारन र सुरक्षासम्बन्धी सुरक्षा निकाय एवं सरोकारवाला निकायसँगको बैठकमा यस्तो निर्णय गरेको हो ।

बैठकले जात्रामा हुलदङ्गा गर्ने, ढुङ्गा हानाहान गर्ने, झैझगडा गर्नेलाई जात्राअवधि भर हिरासतमा राखेर मुद्दा चलाउने र कहिल्य विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा कालो सूचीमा रेकर्ड राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

जात्रामा शान्ति सुरक्षा कायम गर्न र जात्रा बिथौल्न खोज्नेको सहज पहिचान गर्ने उद्देश्यले जात्रास्थल आसपास क्षेत्रमा ३६ सिसी क्यामेरा र तीन ड्रोन क्यामेराबाट जात्राको निगरानी गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए । सिसी क्यामरा प्रहरी कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिँदै उनले गलत गतिविधि गर्नेलाई तत्काल पक्राउ गरिने बताए ।

जात्रा अवधिभर भक्तपुरमा मादकपदार्थ बिक्री वितरण एवं ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ । मादकपदार्थ बिक्री वितरण एवं ओसारपसार गर्ने, खुल्लमखुल्ला मदिरा सेवन गर्नेलाई कारबाही गर्ने प्रहरी उपरीक्षक खड्काले बताए ।

जात्रा अवधिभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी परिचाल नगर्ने, भक्तपुरका अस्पताललाई आपतकालीन उपचारका लागि तयारी अवस्थामा राखिने, जिल्लाका एम्बुलेन्सलाई जात्रास्थल आसपसमा तयारी अवस्थामा राखिने, दमकल तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यसवर्षको बिस्का जात्रा यही चैत २७ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : २२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका