फेरि बजारमा एकपटक कमेडीको लहर « Khabarhub

फेरि बजारमा एकपटक कमेडीको लहर


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रले मज्जैले अनुभव गर्‍ यो ।
केही दशकअघिसम्म अस्वभाविक हाउभाउ, पहिरन, मेकअप, नृत्य र प्यारोडी गायनलाई अंगिकार गर्दै कमेडी कलाकार बन्ने प्रचलन थियो ।

अझ फिल्ममा त कमेडियनलाई हिरोको ‘आसेपासे’ बनाइन्थ्यो । दर्शकलाई उसको चरित्र निकै हलुका हुन्थ्यो । यो ढर्राको कमेडीबाट दर्शक अघाइसकेका थिए– त्यसैले त कलाकारहरू किनार लाग्दै थिए ।

क्यारिकेचरलाई भने दर्शकले रुचाएका थिए । विभिन्न व्यक्तिको हाउभाउ वा बोली नक्कल गरेको दर्शकलाई अझै मन परिरहेको छ ।

पुराना ढर्राको कमेडीलाई विस्थापन स्ट्यान्डप कमेडी गरेको हो । जसको सुरुवात युवा कलाकारहरूबाटै भएको हो। स्ट्यान्डअप कमेडी नेपालका लागि नौलो थियो । अर्थात्, युवाहरू नयाँ फम्र्याट लिएर कमेडीमा आए ।

सन् २०१७ को अन्त्य र २०१८ को सुरुवातबाट ‘कमेडी सर्कल’ र ‘नेपग्याजम’ दुई युट्युब च्यानलबाट स्ट्यान्डअप कमेडीका केन्टेन्टहरूको प्रसारण सुरु भयो । प्रायः कलेज पढ्दै गरेका युवा कलाकार थिए ।

स्ट्यान्डअप कमेडी यति लोकप्रिय भयो कि, छोटो समयमै व्यवसायिक रुप लियो । पुरानाको ढर्राको कमेडी स्वभाविक छायामा प¥यो ।

अनि चर्चामा रहेका कमेडियनमा पर्न थाले, लेकमणि त्रिताल, विशाल गौतम, सुजन जिम्बा, अपूर्व क्षितिज सिंह, बबिन बानियाँ, सिता न्यौपाने, उमेश गौतम ‘युकेजी’, क्षितिज सिंह, प्रनेश गौतमलगायत ।

स्ट्यान्ड कमेडियनहरूलाई प्रस्तुती दिन देशभरबाट बोलाइन थालियो । विदेशबाट पनि प्रस्तुतीको चर्चा हुँदै थियो तर कोभिड महामारी बाधक भयो ।

त्यसपछि स्ट्यान्डप कमेडी थला पर्‍यो । जुन रफ्तारमा बजार विस्तार भयो त्यही रफ्तारमा खुम्चियो । कोरोना लकडाउन खुलेपछि उनीहरू तंग्रन खोजे तर सकेनन्, धेरै कमेडियन विदेश लागे ।

अहिले लेकमणि त्रिताल, बबिन बानियाँ, उमेश गौतम ‘युकेजी’ र प्रनेश गौतमलगायतका स्ट्यान्डप कमेडिन विदेश पलायन भएका छन् । कमेडीमो नयाँ भाइब्रेसन ल्याउने उनीहरू नै यो क्षेत्रमा टिक्न सकेनन् ।

जो रियालिटी शोबाट चिनिए

स्टान्डअप कमेडी प्राइममा रहेका बेला कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु भयो । जुन मञ्चबाट कमेडीमा लभाव र क्षमता भएका युवा कमेडियनले आफूलाई परिचित गराए ।

स्ट्यान्डअपबाट बेस बनाएका कलाकार, समाजिक सञ्जाल, रेडियो–टेलिभिजनमा कमेडी अभ्यास गर्दै आएकालाई ‘कमेडी च्याम्पियन’को कला देखाउने अवसर भयो ।

जस्तो, स्ट्यान्डअपबाट युवा पुस्तामा पुगिसकेका हिमेश पन्त र साजन श्रेष्ठ जस्ता कलाकार मास अडियन्समा पुग्न पाए ।

भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल जस्ता रेडियोमा कमेडी अभ्यास गर्ने कलाकारहरूलाई त्यही मञ्चले मुलधारमा ल्यायो ।

कमेडी च्याम्पियनका निर्देशकले अहिले ‘कमेडी नाइट्स विथ च्याम्पियन’ र कमेडी च्याम्यिनकै प्रतिस्पर्धी बिक्की अग्रवालले ‘कमेडी दरबार’ नामक टेलिभिजन शो सञ्चालन गर्दै आएका छन् ।

स्ट्यान्डअप कमेडीबाट र कमेडी च्याम्पियनबाट चर्चाका आएका प्रायः कलाकार यिनै दुई शोमा जोडिएका छन् । कोही कलाकार बनेर कोही लेखनको जिम्मेवारीमा ।

कमेडी लहर

टीभीको युगमा हाँस्य टेलिसिरियलले कमेडी धानेका थिए । त्यसबेला सिरियलहरूको अघोषित प्रतिस्पर्धामा थिए ।

‘मेरी बास्सै’, ‘जिरे खुसार्नी’ र ‘तितो सत्य’ लोकप्रिय थिए । अहिले ती सिरियलका कलकार ठूलो पर्दामा छन् ।

सामाजिक सञ्जालको युगको सुरुवातमा स्ट्यान्डअप कमेडीको वर्चस्व रह्यो । त्यही स्ट्यान्डअप कमेडीबाट उदाएका कलाकाररू अहिले ‘कमेडी शो’ सञ्चालनमा केन्द्रित छन् ।

दुई दर्जनभन्दा बढी कलाकार दुई टेलिभिजन शो ‘कमेडी नाइट्स विथ च्याम्पियन’ र ‘कमेडी दरबार’मै आबद्ध छन् ।

स्ट्यान्डअपबाटै चर्चामा आएका विशाल गौतम ‘क्ल्यास अफ टङ’ नाम रोस्ट शो सुरु गरेका छन् । अर्का स्ट्यान्ड कमेडियन अपूर्व क्षितिज सिंहले ‘ढ्यान ट्याडा’ नामक कमेडी शो सञ्चालन गर्दै आएका छन् ।

कमेडी च्याम्पियबाट चर्चामा आएका सुन्दर खनालले ‘कमेडी बाज’ नामक रोस्ट शो भर्खरै सञ्चालनमा ल्याए ।

अर्थात्, आफ्नो कार्यक्रमलाई ब्रान्ड बनाउन कलाकारहरू प्रयासरत छन् । सामाजिक सञ्जालमा यी कार्यक्रमहरू दर्शकको चासोमा परेको पाइन्छ ।

अन्य कलाकारहरू पनि नयाँ शो ल्याउने गृहकार्यमा नै लागेको देखिन्छ ।

टेलिभिजनको युगमा सिरियलले कमेडी धानेको थियो । सामाजिक सञ्जालको सुरुवाती युगमा स्ट्यान्डअप कमेडी चर्चामा रह्यो ।
त्यही स्ट्यान्डपबाट चर्चामा आएका कलाकारहरूले नयाँ नयाँ शो ल्याएका छन् । कमेडी नाइट्सको सफलताले त्यही प्रकृतिको शो ल्याउने ट्रेन्ड नै विकास गरेको छ ।

अहिले कमेडी शोहरू बजारमा प्रशस्त छन् । जसका कलाकारहरू बढी युवा छन् । कोभिडपछि थलिएको कमेडी अब भने उठ्न लागेको छ । नयाँ शोको लहर चलेको छ ।

अब नयाँ शोहरूलाई स्थापित हुन चुनौती देखिन्छ । यसबीचमा केही कलाकारहरूले ल्याएको नयाँ शो स्थापित नभएको उदाहरण पनि छ ।

कमेडीबाट ठूलो पर्दामा

कमेडीबाट चर्चामा आएका युवा कलाकारहरूको ठूलो पर्दामा पनि उपस्थिति बढ्न लागेको छ ।

कलाकार सुमन कार्कीले तीन फिल्ममा अभिनय गर्न भ्याइसके । तर, उनी सहायक कलाकारमै सीमित छन् ।

मेक्सम गौडेलको पनि ठूलो पर्दामा उपस्थिति बढेको छ । ‘फेरि रेशम फिलिली’मा मुख्य भूमिकामा देखिएका उनले ‘मातली मंगले’को पनि छायाङ्कन पूरा गरिसके । अहिले उनी प्रचारमा व्यस्त छन् ।

नेपग्याजमबाट चर्चामा आएकी सिता न्यौपानेले पनि फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनय गरेकी छन् । छायाङ्कनरत फिल्म ‘पाँच पाण्डव’को पनि उनी कलाकार हुन् ।

पछिल्लो समय चर्चामा रहेका कर्मा लामाले पनि दुई फिल्मको छायाङ्न भ्याइसके ।

युवा पुस्ताका कमेडियनहरू ठूलो पर्दामा फड्को मार्ने प्रयासमा छन् । केही मेकरको नजरमा परेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ०९ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति