आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै « Khabarhub

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । सभापति थापाले आज नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

सभापतिका स्वकीय सचिव शंकर कुइकेलका अनुसार नेता कोइरालासँग बिहान र नेता खड्कासँग बेलुकी भेट हुने तय भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नै थापाले नेतासँगको भेटबारे अन्य पदाधिकारीलाई जानकारी गराएका थिए ।

स्रोतका अनुसार नेता कोइरालासँग बिहान १० बजे भेटघाटको समय तय भएको छ, जहाँ थापाले एक्लै संवाद गर्नेछन् । त्यस्तै, बेलुकी ५ बजे निवर्तमान कार्यवाहक सभापति खड्कासँग हुने भेटमा भने उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने एक पदाधिकारीले बताए । भेटघाटको निश्चित स्थान भने गोप्य राखिएको छ ।

पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे साझा धारणा बनाउन सभापति थापाले यो सक्रियता देखाएका हुन् । यसअघि वैशाख ६ गते पनि थापाले गल्फुटारस्थित खड्काको निवास पुगेर उनीसँग संवाद गरेका थिए । पछिल्लो समय पार्टीको आन्तरिक जीवन र राजकीय भूमिकाका विषयमा कांग्रेसभित्र विभिन्न समीकरण बनिरहेका बेला थापाको यो दौडधुपलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : २८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का