आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै « Khabarhub

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । सभापति थापाले आज नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

सभापतिका स्वकीय सचिव शंकर कुइकेलका अनुसार नेता कोइरालासँग बिहान र नेता खड्कासँग बेलुकी भेट हुने तय भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नै थापाले नेतासँगको भेटबारे अन्य पदाधिकारीलाई जानकारी गराएका थिए ।

स्रोतका अनुसार नेता कोइरालासँग बिहान १० बजे भेटघाटको समय तय भएको छ, जहाँ थापाले एक्लै संवाद गर्नेछन् । त्यस्तै, बेलुकी ५ बजे निवर्तमान कार्यवाहक सभापति खड्कासँग हुने भेटमा भने उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने एक पदाधिकारीले बताए । भेटघाटको निश्चित स्थान भने गोप्य राखिएको छ ।

पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे साझा धारणा बनाउन सभापति थापाले यो सक्रियता देखाएका हुन् । यसअघि वैशाख ६ गते पनि थापाले गल्फुटारस्थित खड्काको निवास पुगेर उनीसँग संवाद गरेका थिए । पछिल्लो समय पार्टीको आन्तरिक जीवन र राजकीय भूमिकाका विषयमा कांग्रेसभित्र विभिन्न समीकरण बनिरहेका बेला थापाको यो दौडधुपलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : २८ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो