धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र « Khabarhub

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार नयाँ नेतृत्व चयनको लागि अहिले मतदान भइरहेको छ ।
साधारणसभा पश्चात स्वतः अध्यक्ष हुने अन्जन श्रेष्ठ र हेमराज ढकालको नेतृत्वमा अहिले चुनावी प्रतिस्पर्धा भइरहेको छ । 

जसमध्ये श्रेष्ठ समूहको तर्फबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा चुनावी मैदानमा छन् ।

त्यस्तै, ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे चुनावी मैदानमा छन् ।

निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ भने ४ जना उपाध्यक्षसहित कार्यसमिति सदस्य समेत गरेर ७३ पदका लागि अहिले मतदान भइरहेको छ । जसमा १३७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निजी क्षेत्रकै ठूला घरानाका सदस्य अनुसन्धानको घेरामा

तर, देशभरीरकै अधिकांश उद्योगी व्यवसायीको छाता संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन भइरहँदा संघकै पूर्वअध्यक्ष शेखर गोल्छा भने सोमबार राति नै पुनः पक्राउ परेका छन् । सेयरको इन्साइडर ट्रेडिङ, बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई सोमबार सर्वोच्च अदालतको आदेशले रिहा गरेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले पुनः पक्राउ गरेको हो ।


त्यस्तै, सम्पत्ति शुद्धीकरण, धितोपत्र कारोबार लगायतका विषयमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट अहिलेसम्म हिरासतमै छन् भने ठूला व्यावसायिक घरानाका शंकर अग्रवाल हाजिरी जमानीमा रहेका छन् । तर, उनकै छोरा शुलभ अग्रवाल अहिले पनि थुनामै छन् ।


यसका साथै, मंगलबार मात्रै सीआईबीले सेवा बन्द भएको दूरसञ्चार कम्पनी स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको छ ।


निजी क्षेत्रको हक हित तथा सुरक्षाको पक्षमा उभिँदै आएका संघसंस्थाहरूले व्यवसायी माथि अनुसन्धान पूर्व गरिने पक्राउको विरोध गर्दै आएका छन् । उनीहरूले पहिला अनुसन्धान गरेर कसुर प्रमाणित भएमा मात्र कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : ०३ बजे

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २