गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी « Khabarhub

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल ८१ रनले विजयी भएको छ । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमन ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७५ रनमा समेटियो ।

नेपालका लागि गुल्शन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

ओमानका विनायक शुक्लाले ४१ बलमा ३६ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, हमिद मिर्जाले ५१ बलमा ३४ रन जोडे । उनले चार चौका प्रहार गरे । ४३ बलमा २९ रन जोडेका ओमनका हस्नैन उल वहाबले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन एक बल अगावै सबै विकेट गुमाएर २५६ रन बनायो । नेपालका आशिफ शेखले सर्वाधिक ९४ रन बनाए । ९७ बलको सामना गरेका उनले सात चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै, अर्जुन कुमालले ८७ बलमा ४८ रन बनाए । उनले चार चौका प्रहार गरे । आरिफ शेखले २४ बलमा ४३ रनको विस्फोटक पारी खेल्दा एक चौका र चार छक्का प्रहार गरे ।

ओमनका लागि नदीम खानले तीन तथा शकील अहमद र हस्नैन शाहले समान दुई विकेट लिए । ओमनका जितन रमानन्दी र आर्यन विष्टले समान एक विकेट लिए ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : २५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले