अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक « Khabarhub

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । 

भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा ३५ हजार ९५४, मङ्सिरमा १४ हजार ९४१, पुसमा २९ हजार ९८०, माघमा १६ हजार ६१२ र फागुनमा २९ हजार ८१२ पर्यटक भित्रिएका हुन् । गत नौ महिनामा भित्रिएका कुल पर्यटकमध्ये एक लाख ५१ हजार ६८ जना दक्षिण एसियाली मुलुकका र बाँकी अन्य मुलुकका रहेका आयोजना कार्यालयका प्रमुख डा रविन कडरियाले बताए। असोजबाहेक सबै महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक बढेको उनको भनाइ छ । 

‘आव २०८१-८२ को चैतमा जम्मा ४४ हजार ९७७ पर्यटक आएका थिए, चालु आवको चैतमा उक्त सङ्ख्या बढेर ६५ हजार २४२ पुगेको छ’, प्रमुख डा. कडरियाले भने, ‘आव २०७९-८० देखि नै पर्यटक आगमनको दर बढ्दै आएको छ, अन्य देशको तुलनामा भारतीय पर्यटकको सङ्ख्या धेरै छ ।’

जाडो र वर्षातको याममा पर्यटक आगमन घटे पनि मुख्य पर्यटकीययाम असोज–कात्तिक र चैत–वैशाखमा पर्यटकको सङ्ख्या बढ्ने गरेको उहाँको भनाइ छ । सडकमार्ग भएर अन्नपूर्ण क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको प्रमुख डा कडरियाले बताए। 

आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग भएर मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्यांकअनुसार आव २०७९-८० मा एक लाख ७२ हजार १०८, आव २०८०-८१ मा दुई लाख २२ हजार १८० र आव २०८१-८२ मा दुई लाख ७८ हजार ११३ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
 
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडाको सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ५१ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो