नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन « Khabarhub

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

चालु आव २०८२-८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए। उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ । 

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन । तर पछिल्लो दुई महिना चैत र वैशाखमा भने राजस्व संकलन बढेको छ । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१-८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०-८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख पौडेलले बताए। 

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयातनिर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । नेपालगन्ज भन्सारमा चालु आवको साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् रु एक अर्ब ३५ करोड १० लाख नौ हजार संकलन भएको छ ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत अर्थात् रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा  एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार तथा पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार संकलन भएको छ । 

यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार, फागुनमा रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् रु एक अर्ब ९३ करोड, ३८ लाख १९ हजार, चैतमा दुई अर्ब १७ करोड ८१ लाख ९६ हजार लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् रु दुई अर्ब १४ करोड, २५ लाख ५४ हजार र वैशाखमा रु दुई अर्ब १५ करोड ८५ लाख दुई हजार लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् रु एक अर्ब ८४ करोड, २८ लाख २१ हजार संकलन भएको प्रमुख पौडेलले बताए। 

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०८१-८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ८ : ४४ बजे

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज