क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन « Khabarhub

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइन औषधिको आयात, खपत र आपूर्ति अवस्थाबारे विस्तृत विवरण बुझाउन सम्बन्धित पैठारीकर्तालाई पुनः ताकेता गरेको छ।

विभागले एक सूचना जारी गर्दै औषधिको उत्पादन मुलुक, मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण तथा आगामी आर्थिक वर्षको प्रक्षेपण योजना तत्काल पेश गर्न निर्देशन दिएको हो । 

सम्बन्धित पैठारीकर्तालाई यसअघि पत्राचार गरी तीन दिनभित्र विवरण बुझाउन भनेको भए पनि केही कम्पनीबाट विवरण प्राप्त नभएकाले पुनः सूचना जारी गरिएको विभागले जनाएको छ।

त्यस्तै, दर्ता भएर पनि आयात नभएका औषधिको हकमा कारणसहितको विवरण दुई दिनभित्र विभागमा पेश गर्न सम्बन्धित पैठारीकर्तालाई आग्रह गरिएको छ । विभागले क्यान्सर उपचारमा आवश्यक औषधिको आपूर्ति तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त विवरण संकलन गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १२ : १३ बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६