सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन  « Khabarhub

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ

जेठ १८ गते नै म्याद सकिएको समितिले पाँच दिनको थप म्याद मागेर प्रतिवेदन शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ ।  स्रोतका अनुसार गुरूङलाई क्लिन चिट दिने गरि प्रतिवेदन बुझाइएको छ। 

अकुत सम्पत्ति जोडेको, सम्पत्तिको स्रोत नखुलाएको र विवादित व्यवसायी दीपक भट्टसँग साझेदार रहे लगानी गरेको तथ्य सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको छानबिन समितिले प्रधानमन्त्री शाहलाई शुक्रबार  प्रतिवेदन बुझाएको हो ।

उनले राजीनामा दिएपछि गृहमन्त्रालय अहिले पनि खाली राखिएको छ। अहिले उक्त मन्त्रालय प्रधानमन्त्री वालेन्द्र नै सम्हालिरहेका छन् । यही प्रतिवेदनका आधारमा प्रधानमन्त्री शाहले सुधनलाई गृह मन्त्रालयमा फर्काउने तयारी गरेका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  २ : ३२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र