बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा « Khabarhub

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहे पनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ ।

कम्पनीका प्रमुख पुष्पराज श्रेष्ठले प्रदेशस्तरीय मल व्यवस्थापन समितिबाट निर्णय भई पत्र प्राप्त हुनासाथ मल वितरण सुरु गरिने बताए ।

उनका अनुसार जिल्लाका लागि छुट्याइएको परिमाणअनुसार सम्बन्धित स्थानीय तहमा मल पठाइनेछ । ‘निर्णय भएपछि जिल्लाको कोटा निर्धारण हुन्छ । त्यसपछि सोहीअनुसार स्थानीय तहमा मल पठाइन्छ’, उनले भने ।

श्रेष्ठले किसानले रासायनिक मलमा ७० प्रतिशत अनुदान पाउने जानकारी दिँदै वितरण प्रक्रिया जटिल भएकाले किसानले समयमा मल प्राप्त गर्न कठिनाइ भोग्नुपरेको स्वीकार गरे ।

‘मल वितरणसम्बन्धी कार्यविधि यस्तै छ, हामीले व्यवस्थापनको काम मात्रै गर्ने हो’, उनले भने । रासायनिक मलको लक्ष्यअनुसार आपूर्ति हुन नसक्दा बेलाबेलामा अभावको अवस्था सिर्जना हुने गरेको उनले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालगञ्जका प्रमुख वासुदेव उपाध्यायले निगममा केही परिमाणमा रासायनिक मल मौज्दात रहे पनि वितरण सुरु नभएको जानकारी दिए । प्रदेशस्तरीय निर्णयपछि स्थानीय तहलाई कोटाअनुसार केही दिनभित्रै मल उपलब्ध गराइने उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले स्थानीय तहका लागि छुट्याएको कोटाअनुसार सम्बन्धित पालिकाले किसानलाई मल वितरण गर्ने व्यवस्था छ ।

यसैबीच, बाँकेमा किसानले धानको बीउ राख्न सुरु गरिसकेका छन् । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार जिल्लाका धान उत्पादनका प्रमुख क्षेत्र डुडुवा, नरैनापुर, खजुरा, जानकी र बैजनाथलगायत स्थानमा धानको बीउ राख्ने काम सुरु भएको छ ।

ज्ञान केन्द्रका अनुसार किसानले राधा–४ सहित स्थानीय तथा ‘हाइब्रिड’ जातका धानको बीउ राखिरहेका छन् । बाँकेका किसान जयपाल मौर्यले गत वर्ष मौज्दात रहेको मल प्रयोग गरेर यस वर्ष धानको बीउ राखेको बताए । तर तरकारीजस्ता लहरे बालीका लागि भने मल अभाव कायमै रहेको उनको गुनासो छ ।

उनका अनुसार केही किसानले गत वर्ष बचत रहेको मल प्रयोग गरेर धानको बीउ राखेका छन् भने केही किसान मल प्रयोग नगरी नै बीउ राख्न बाध्य भएका छन् । ‘धेरै ठाउँमा मल खोजिरहेका छौँ, तर जेठको अन्तिम सातातिर मात्रै आउँछ भन्ने सुनिरहेका छौँ’, उनले भने ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  २ : ४१ बजे

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि

नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५