मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले र आयोगबीच विवाद थप गहिरिने संकेत देखिएको छ। आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै एमालेले न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गरेको छ।

महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा आयोगको प्रतिवेदनले संवैधानिक तथा कानुनी प्रश्न उठाएको दाबी गर्दै आवश्यक परे अदालतमा चुनौती दिने उल्लेख गरिएको छ।

वक्तव्यमा उपलब्ध सबै कानुनी उपचारका विकल्प प्रयोग गरिने पनि जनाइएको छ।

एमालेले आयोगको प्रतिवेदनलाई ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ र ‘बदनियतबाट प्रेरित’ दस्तावेजको संज्ञा दिएको छ। पार्टीले आयोगले आफ्नो संवैधानिक अधिकार क्षेत्र र निष्पक्षताको सीमाभित्र रहेर काम गर्नुपर्ने तर्कसमेत अघि सारेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  २ : ४५ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू