मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले र आयोगबीच विवाद थप गहिरिने संकेत देखिएको छ। आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै एमालेले न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गरेको छ।

महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा आयोगको प्रतिवेदनले संवैधानिक तथा कानुनी प्रश्न उठाएको दाबी गर्दै आवश्यक परे अदालतमा चुनौती दिने उल्लेख गरिएको छ।

वक्तव्यमा उपलब्ध सबै कानुनी उपचारका विकल्प प्रयोग गरिने पनि जनाइएको छ।

एमालेले आयोगको प्रतिवेदनलाई ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ र ‘बदनियतबाट प्रेरित’ दस्तावेजको संज्ञा दिएको छ। पार्टीले आयोगले आफ्नो संवैधानिक अधिकार क्षेत्र र निष्पक्षताको सीमाभित्र रहेर काम गर्नुपर्ने तर्कसमेत अघि सारेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  २ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली