त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने « Khabarhub

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ सेवा प्रयोग गर्दा पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रुको सुविधालाई मध्यनजर गर्दै ‘पिक एण्ड ड्रप’का लागि निःशुल्क समयावधि बढाएको हो। यसअघि सात मिनेटसम्म मात्र पार्किङ शुल्क नलाग्ने व्यवस्था रहेको थियो।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार सात मिनेटको समय यात्रु र सवारीचालकका लागि पर्याप्त नभएको गुनासो आएपछि समयावधि बढाएर १५ मिनेट पुर्‍याइएको हो।

उनले परीक्षणस्वरूप एक महिनाका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिँदै यस अवधिमा ‘पिक एण्ड ड्रप’ क्षेत्र प्रयोग गर्ने सवारीसाधनबाट १५ मिनेटभित्र कुनै शुल्क नलिइने बताए।

‘परीक्षणका लागि एक महिनासम्म १५ मिनेटभित्र ‘पिक एण्ड ड्रप’ गर्ने सवारीसाधनबाट पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ। यस व्यवस्थाविपरीत शुल्क असुलिएको पाइएमा सम्बन्धित व्यक्तिमाथि कारबाही हुनेछ,’ प्रवक्ता कुमारले बताए।

विमानस्थल प्रशासनले नयाँ व्यवस्थाले यात्रु र उनीहरूलाई लिन तथा पुर्‍याउन आउने सवारीसाधनलाई थप सहजता मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ३ : ०९ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन