कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ « Khabarhub

कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेड विपरीतको काम गरे प्रतिवाद गर्ने बताएका छन् । 

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाइ मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निराश हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यवहारिक भएको धारणा राखे ।

सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युत्मा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने उनले बताए।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दाबी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उनले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको जिकिर गरे ।

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए । 

दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम विकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए । 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : १९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका