गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै « Khabarhub

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । 

पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आज शुक्रबार (२२ जेठ)देखि आउने सोमबार (२५ जेठ)सम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ ।

घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाएका हुन् । विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन् ।

जिल्लामा मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी छ । मध्य र दक्षिणी क्षेत्रको चिम्टयाइलो र लिसाइलो माटो हुँदा कम तात्ने हुन्छ । तर उत्तरी क्षेत्रको धेरैजसो भेगमा बलौटे माटो भएको हुँदा चाँडै तात्ने र तातो वाफ फैलँदा यता राप र गर्मीको असर बढेको जलवायु र मौसमविज्ञ बर्दिबास–१ का बासिन्दा नागदेव यादव बताउँछन्।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा पनि अब भोलि शनिबार र पर्सि आइतबारको मौसम अवस्था हेरेर यसबारे निर्णय लिने तयारीमा स्थानीय तह छन् । 

‘शनिबार र आइतबार त नियमित साप्ताहिक बिदा नै छ, यसपछि सोमबारसम्म मौसममा सुधार नआए के गर्ने भन्ने सोचिन्छ’, एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले भने। जिल्लामा १० नगरपालिका, पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् ।

यसपटक गत शनिबारयता तापक्रम निकै बढेको छ । त्यसयता दिनहुँजसो एकटंकारको घामको राप बढ्दो छ । मध्याह्नदेखि अपराह्न ४ः०० बजेसम्म ३८-३९ डिग्री सेल्सियस तापमान रहने गरेको छ।

यो पछिल्लो साताको उखरमाउलो गर्मीले हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । सामान्य हिँडडुल पनि सकस बनेको छ । यसले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ०८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी