विपन्न परिवारलाई नयाँ घर « Khabarhub

विपन्न परिवारलाई नयाँ घर


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ घर परिवारलाई नयाँ आवास उपलब्ध गराइएको छ ।

जनता आवास कार्यक्रममार्फत वडा कार्यालयले उनीहरूलाई सुरक्षित आवास उपलब्ध गराएको हो । वडाध्यक्ष विचारी थापाले राज्य तहबाट प्राप्त बजेटमार्फत प्रतिपरिवार तीन लाख ३६ हजार रुपैयाँको लागतमा घर निर्माण गरिएको बताइन् । नयाँ घर पाएपछि लाभग्राही परिवारहरूमा खुसी छाएको छ ।

उनका अनुसार लामो समयदेखि जीर्ण तथा असुरक्षित घरमा बस्दै आएका दलित परिवारलाई प्राथमिकतामा राखेर घर निर्माण गरिएको थियो ।

‘आवासविहीन र जोखिमपूर्ण अवस्थामा रहेका परिवारलाई सुरक्षित बसोबास उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो’, वडाध्यक्ष थापाले भनिन्, ‘यस कार्यक्रमले उनीहरूको जीवनयापनमा महत्वपूर्ण राहत पुगेको छ ।’

वर्षा र हिउँदको चिसोमा आवासका लागि कठिनाइ भोग्दै आएकामा परिवारले सुरक्षित र व्यवस्थित घरमा बस्न पाउँदा राहत महसुस भएको गोपाल विकले बताउछन् । ‘पहिले बर्खा र जाडोमा निकै समस्या हुन्थ्यो’, उनले भने, ‘अहिले सुरक्षित घर पाउँदा जीवन सहज भएको छ ।’

स्थानीय तहका अनुसार यस्ता समुदाय लक्षित आवास कार्यक्रमले विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ०० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी