वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण « Khabarhub

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका झोला वितरण गरिएको छ । 

वन डिभिजन कार्यालय, नेपालगञ्जले प्लास्टिकलाई विस्थापन गर्ने योजनाअनुसार कपडाका झोला वितरण गरेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए । 

उनले वातावरणमैत्री जीवनका लागि सबैको साझा प्रयास आवश्यक भएको उल्लेख गर्दै मानिसको दैनिक व्यवहारमा परिवर्तन आवश्यक भएको बताए ।  सोही दिवसको उपलक्ष्यमा पशुपतिनगर सामुदायिक वनमा गुल्मोहर, वीरेन्द्र फूल, कल्पवृक्षको बिरुवा रोपियो । 

वातावरण दिवसकै अवसरमा १०० थानभन्दा बढी टि–सर्ट वितरण गरिनुका साथै नेपालगञ्ज साइकिलिङ क्लबसँगको सहकार्यमा साइकल यात्रा र वातावरणसम्बन्धी दुई वटा सडक नाटक प्रस्तुत गरिएको प्रमुख गुप्ताले उल्लेख गरे । 
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ०६ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी