महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण « Khabarhub

महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, चुनौती, साहस र सफलताका विविध आयाम समेटिएको राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित ‘नारी रेखा’ पुस्तक  लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललगायतले लोकार्पण गरेको उक्त पुस्तकमा नारीको सङ्घर्ष र जीवनको यथार्थ चित्रण छ ।

कार्यक्रममा महामन्त्री पौडेलले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलनदेखि राष्ट्र निर्माणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान अतुलनीय रहेको बताए  ।

उनले नेपाली महिलाले लामो समयसम्म सामाजिक, आर्थिक तथा राजनीतिक विभेद र उत्पीडन सहँदै पनि आफ्नो अधिकारका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गरे ।

उनले महिलाको योगदानबिनाको लोकतान्त्रिक आन्दोलन, सामाजिक रूपान्तरण तथा विकासको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै ‘नारी रेखा’ पुस्तकले नेपाली समाजका विभिन्न तह र वर्गका महिलाले भोगेका यथार्थ घटनालाई उजागर गरेको बताए।

 पुस्तकका लेखिका पौडेलले नारी रेखाको सृजनाको प्रेरणा महिलाका वास्तविक जीवन कथाहरूबाट प्राप्त भएको बताइन् । उनले देशका विभिन्न भूगोल, समुदाय र सामाजिक परिवेशमा रहेका महिलासँग प्रत्यक्ष संवाद, अध्ययन तथा अवलोकनपछि पुस्तक तयार पारिएको जानकारी दिइन् ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रा डा सुरेन्द्र केसीले ‘नारी रेखा’ केवल साहित्यिक कृतिमात्र नभई समाज अध्ययनको महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारीले महिलालाई अझै पनि समाजका कतिपय क्षेत्रमा कमजोर रूपमा हेर्ने प्रवृत्ति रहेको बताइन् । उनले महिलाले राष्ट्र निर्माण, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विकासका हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताइन् ।

राष्ट्रियसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता कमला पन्त, लेखा समितिका सभापति भरतबहादुर खड्का र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटालगायतले महिलाको सशक्तीकरण, समान सहभागिता र अधिकार सुनिश्चितताका लागि यस्ता कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 

उक्त पुस्तकले नेपाली महिलाको विगत, वर्तमान र भविष्यका सम्भावनालाई समेट्दै लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी विकासको बहसलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : ४९ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ