प्राविधिकतर्फका ५ डीएसपीको सरुवा « Khabarhub

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेको निर्णयअनुसार प्राविधिकतर्फका डीएसपीहरूको नयाँ कार्यस्थल तोकिएको हो ।

सरुवाअनुसार इन्जिनियरिङ उपसमूहको कम्प्युटरतर्फ कार्यरत ई. जितनारायण यादवलाई प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सूचना प्रविधि निर्देशनालयमा खटाइएको छ ।

त्यसैगरी चिकित्सा समूहअन्तर्गतका डीएसपी डा. शिरीषचन्द्र रेग्मी, डा. आदर्श खनाल र डा. प्रशंसा शाक्यलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको डेन्टल शाखामा सरुवा गरिएको छ।

यस्तै, डीएसपी डा. विदुरप्रसाद आचार्यलाई सोही अस्पतालको सर्जिकल शाखामा जिम्मेवारी दिइएको छ। सरुवा गरिएका चारै जना चिकित्सक यसअघि उपत्यका बाहिर रहेका विभिन्न प्रहरी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत थिए। नयाँ निर्णयसँगै उनीहरू काठमाडौंस्थित प्रहरी अस्पतालमा केन्द्रित भएका छन्।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : ४६ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै