आज २०८३ साल असार २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६ जुलाई ५ तारिख। असार कृष्ण पक्षको पञ्चमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। काममा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने योग छ। पठनपाठनमा रुची बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। श्रमको मूल्य मिल्ने छ ।

वृष : बोलीको प्रभावले काम बन्ने छ। धन लाभ हुनेछ। स्वास्थ्यमा भने गढबढी देखिनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : शुभ दिन रहेको छ । आँटेका काम बन्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा कम बोलेर काम धेरै गर्नु राम्रो हुनेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सानो कुराले मन तरंगित हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंह : व्यापारमा फाइदा हुनेछ। शिक्षामा सोचेजस्तो नतिजा प्राप्त हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने समय छ ।

कन्या : स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुनेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ। व्यापारमा थप श्रम गर्नुपर्ने छ । साथीभाइको साथ मिल्ने देखिन्छ ।

तुला : महत्त्वपूर्ण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : धन खर्च हुने दिन छ। सानो कुराले मन तरंगित हुनेछ। अभिभावकको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुन्छ। शिक्षा र स्वास्थ्यले साथ दिँदा मनमा सन्तुष्टि प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। साझेदारीमा मात्र लगानी गर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। जागिरे हुनुहुन्छ भने पदोन्नती हुनेछ। गुरुको साथ र सहयोग प्राप्त हुनेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले नयाँ योजना बन्ने छ। शिक्षाका क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीन : खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। दिन अप्ठेरो भए पनि प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह