बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न « Khabarhub

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।

त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए ।

नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए ।

विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ४४ बजे

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता