इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित « Khabarhub

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक बलिङको मद्दतले इङ्गल्यान्डले टि-२० खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । भारतले दिएको १९१ रनको बलियो लक्ष्य इङ्गल्यान्डले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लक्ष्य पछ्याउने क्रममा इङ्गल्यान्डको सुरुवात निकै खराब रहेको थियो । ओपनर फिल साल्ट र विकेटकिपर जोस बटलर खाता नै नखोली अर्शदीप सिंहको सिकार बनेपछि इङ्गल्यान्ड १ रनमै २ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । तर, कप्तान ह्यारी ब्रुकले १५ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हाले । त्यसपछि जेकब बेथेलले ४६ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७६ रनको म्याच विनिङ इनिङ्स खेले ।

टम ब्यान्टनले ३९ रन र जोफ्रा आर्चरले अविजित १० रनको योगदान दिए । भारतका लागि बलिङतर्फ अर्शदीप सिंहले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । अक्षर पटेल र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनाएको थियो । भारतका लागि विकेटकिपर ब्याटर इशान किशनले सर्वाधिक ४९ रन बनाए भने अभिषेक शर्माले २४ बलमा ४३ रनको आक्रामक इनिङ्स खेले ।

यसैगरी कप्तान श्रेयस अय्यरले ३७ र तिलक वर्माले अविजित २४ रन जोडेका थिए । भारतलाई सस्तैमा रोक्न इङ्गल्यान्डका साम करनले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जोफ्रा आर्चर, विल ज्याक्स र लिआम डसनको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : १२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।