इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित « Khabarhub

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक बलिङको मद्दतले इङ्गल्यान्डले टि-२० खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । भारतले दिएको १९१ रनको बलियो लक्ष्य इङ्गल्यान्डले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लक्ष्य पछ्याउने क्रममा इङ्गल्यान्डको सुरुवात निकै खराब रहेको थियो । ओपनर फिल साल्ट र विकेटकिपर जोस बटलर खाता नै नखोली अर्शदीप सिंहको सिकार बनेपछि इङ्गल्यान्ड १ रनमै २ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । तर, कप्तान ह्यारी ब्रुकले १५ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हाले । त्यसपछि जेकब बेथेलले ४६ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७६ रनको म्याच विनिङ इनिङ्स खेले ।

टम ब्यान्टनले ३९ रन र जोफ्रा आर्चरले अविजित १० रनको योगदान दिए । भारतका लागि बलिङतर्फ अर्शदीप सिंहले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । अक्षर पटेल र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनाएको थियो । भारतका लागि विकेटकिपर ब्याटर इशान किशनले सर्वाधिक ४९ रन बनाए भने अभिषेक शर्माले २४ बलमा ४३ रनको आक्रामक इनिङ्स खेले ।

यसैगरी कप्तान श्रेयस अय्यरले ३७ र तिलक वर्माले अविजित २४ रन जोडेका थिए । भारतलाई सस्तैमा रोक्न इङ्गल्यान्डका साम करनले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जोफ्रा आर्चर, विल ज्याक्स र लिआम डसनको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : १२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण