एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी « Khabarhub

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ ।

क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये अन्तिम छनोटमा १५५ जना खेलाडी परेका छन् । यही सूचीबाट विभिन्न फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ जना खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।

अन्तिम सूचीमा समावेश खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार ए क्याटेगोरीमा ५ जना, बी क्याटेगोरीमा २७ जना र सी क्याटेगोरीमा १२३ जना खेलाडी रहेका छन् ।

यस संस्करणदेखि एनपीएलमा नयाँ व्यवस्था पनि लागू गरिएको क्यानले जनाएको छ। अब प्रत्येक फ्रेन्चाइज टोलीमा मार्की र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी रहनेछन् ।

यस व्यवस्थाले थप नेपाली क्रिकेटरलाई व्यावसायिक प्रतियोगितामा अवसर सिर्जना गर्ने विश्वास क्यानको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार खेलाडी अक्सन कार्यक्रम सोमबार काठमाडौँमा आयोजना हुनेछ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ३४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण