केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर « Khabarhub

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हालाई अमेरिकी क्लब इन्टर मियामीले अनुबन्ध गर्ने तयारी थालेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्लबका सह-मालिक डेभिड बेकह्याम स्वयं अनुभवी गोलकिपर भोजिन्हालाई टोलीमा भित्राउने पक्षमा देखिएका छन् । विश्वकपमा उनको प्रभावशाली प्रदर्शनपछि मियामीले उनलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

भोजिन्हाले विशेषगरी अर्जेन्टिनाविरुद्धको नकआउट खेलमा उत्कृष्ट गोलरक्षक प्रदर्शन गरेका थिए। उनले खेलभरि आठ महत्वपूर्ण बचाउ गर्दै केप भर्डेलाई अन्तिम समयसम्म प्रतिस्पर्धामा टिकाइराखेका थिए । यही प्रदर्शनपछि उनी विश्व फुटबलमा चर्चाको केन्द्र बनेका हुन् ।

३४ वर्षीय गोलकिपर हाल ुफ्री एजेन्टु भएकाले उनलाई अनुबन्ध गर्न इच्छुक क्लबले कुनै ट्रान्सफर शुल्क तिर्नुपर्ने अवस्था छैन । पोर्चुगलको क्लब जीडी चाभेससँगको उनको सम्झौता जुन ३०, २०२६ मा समाप्त भएको थियो ।

यदि इन्टर मियामीसँग सम्झौता टुंगिएमा भोजिन्हाले विश्व फुटबलका महान् खेलाडीमध्ये एक लियोनल मेसीसँग एउटै टोलीबाट खेल्ने अवसर पाउनेछन्। यसलाई उनको व्यावसायिक करिअरको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिएको छ ।

स्पेनिस खेल पत्रिका मार्का तथा अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्टर मियामी र भोजिन्हाका प्रतिनिधिबीच प्रारम्भिक चरणको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ । विश्वकप समाप्त भएलगत्तै सम्झौता प्रक्रिया अघि बढ्ने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ४७ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको