प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान « Khabarhub

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुवै सङ्गठनका वरिष्ठ अधिकृतहरुले बिदाइ गरे । उक्त समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

भ्रमणका दौरान महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधिमण्डलका सदस्यसँग द्विपक्षीय भेटघाट तथा छलफल गरे ।

प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ३४ बजे

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड