बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता « Khabarhub

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

आज गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उनले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसिएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए । उनका एमसिएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञसहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने मार्गमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रतिष्ठानको हाताभित्र निर्माण सम्पन्न भएको एमसिएच भवन सञ्चालनसँगै आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, आधुनिक उपकरण जडान तथा सेवा सञ्चालनलाई प्रभावकारी बनाउनु सरकारको पहिलो प्राथमिकतामा रहेको उनले प्रतिबद्धता जनाए ।

पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले विशेष योजना बनाउने उल्लेख गर्दै मन्त्री मेहताले यस प्रतिष्ठान पूर्वी नेपालको मात्र नभई राष्ट्रिय महत्वको स्वास्थ्य प्रतिष्ठान भएकाले यसको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

प्रतिष्ठानमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अध्ययन अध्यापन स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउन प्रतिष्ठानलाई योजनाबद्ध रूपमा अघि बढ्न निर्देशनदिए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ४२ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी