कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप « Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, सानेपामा बसेको बैठकले नवीकरण गरी अध्यावधिक गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्ने समयावधि २०८३ असार २० गतेसम्म तोकिएको थियो ।

वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो ।

क्रियाशील सदस्यता अध्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्नसक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।

उनका अनुसार प्राप्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक निर्णय गरी क्रियाशील सदस्यता अध्यावधिकको व्यवस्था मिलाउने छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : २१ बजे

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’