बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६६ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८६ पैसा बिक्रीदर ४०४ रुपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
–––

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ५ : ४० बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६