मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता « Khabarhub

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

मेसीको सानदार पुनरागमन: लुपिस ४-२ ले पराजित


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतमा इन्टर मायामीले लिग्स कप २०२६ मा सुखद सुरुआत गरेको छ।

बुधबार राति सम्पन्न लिग्स कपको आफ्नो पहिलो खेलमा मायामीले मेक्सिकन टोली एथलेटिको सं लुपिसलाई ४-२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार पुनरागमन जित निकालेको हो।

मियामीस्थित न्यु स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने पाहुना टोली लुपिसले लिएको थियो। खेलको चौथो मिनेटमै डेभिड रोड्रिगेजले हेडरमार्फत सुन्दर गोल गर्दै मायामीका गोलरक्षक रोको रियॉस नोभोलाई छक्याएका थिए। तर, सं लुपिसको यो अग्रता धेरै समय टिक्न सकेन।

विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएपछि मायामी फर्किएका मेसीले लगत्तै टोलीलाई बराबरीमा ल्याए। नोआ एलेनले बायाँ क्षेत्रबाट दिएको पासमा मेसीले उत्कृष्ट ‘भली’ गोल गर्दै खेल १-१ को स्थितिमा पुर्‍याएका थिए।

यसअघि मेसीको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालेका सुआरेज भने यस खेलमा उपलब्ध थिएनन्। सन् २०२५ को लिग्स कप फाइनलमा सियाटल साउन्डर्सका कर्मचारीमाथि थुकेका कारण ६ खेलको प्रतिबन्धमा परेका सुआरेजले यसपटकको सिजन गुमाउनेछन्।

खेलको पहिलो हाफमै मायामीले थप तीन गोल गर्‍यो। टोलीका लागि तेलास्को सेगोभियाले दोस्रो गोल गर्दा मेसी र एलेनको सुन्दर समन्वय देखिएको थियो। लगत्तै, मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै मायामीलाई ३-१ को अग्रता दिलाए। दुई डिफेन्डरलाई छक्याउँदै मेसीले गरेको यो गोलसँगै उनी लिग्स कप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता (१४ गोल) बनेका छन्। उनले एलएएफसीका डेनिस बुआङ्गा (१३ गोल) लाई पछि पारेका हुन्।

पहिलो हाफको अन्त्यतिर मिकेलले कर्नरबाट आएको बललाई हेडरमार्फत गोलमा परिणत गरेपछि मायामी ४-१ ले अघि बढेको थियो।

दोस्रो हाफमा सं लुपिसका राफा लोरेन्टेले एक गोल फर्काउँदै खेल ४-२ मा ल्याए। त्यसपछि भीषण वर्षाका कारण केही समय खेल रोकिएको थियो। खेल पुनः सुरु भएपछि दुवै टोलीबाट गोल हुन सकेन। मायामीका वैकल्पिक खेलाडी मातेओ सिल्भेटी भने ८३ औँ मिनेटमा देब्रे हातमा चोट लाग्दै मैदान छाड्न बाध्य भए।

सन् २०२३ मा मायामीलाई लिग्स कपको उपाधि दिलाएका मेसीले टोलीलाई पुन: अर्को सफलता दिलाउने सङ्केत गरेका छन्। अब मायामीले आगामी शनिबार मोन्टेरीको सामना गर्नेछ भने सं लुपिसले आइतबार न्यासभिल एसलीसँग खेल्नेछ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ८ : ४२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका