बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने « Khabarhub

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा जोडिनेछ ।

प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विद्युत् ऐन, २०४९ को दफा (४) को व्यवस्थाअनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

सो आयोजनाअन्तर्गत ४००÷१३२ केभी, १६० एमभीए क्षमताको चैनपुर सबस्टेसन निर्माण हुनेछ । यस्तै, ४००÷१३२ केभी र ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती) सबस्टेसन समेत निर्माण हुनेछ ।

प्रसारण लाइनको लम्बाइ ६० किलोमिटर हुनेछ । त्यसमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ६१ मिटर र टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ भने न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म रहनेछ ।

प्रसारण लाइन निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर जमिन आवश्यक छ ।

विद्युत् मार्गको क्षेत्राधिकारअन्तर्गत २६५ हेक्टर जग्गा जरुरी पर्दछ । सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जग्गामध्ये सात हेक्टर बनलेक सबस्टेसनका लागि र १४ दशमलव ३७ हेक्टर चैनपुर सबस्टेसनका लागि जरुरी पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ ।

प्रसारण लाइनको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन निर्माण एवम् सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ । आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ८ : ४९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको