अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने « Khabarhub

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।  

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सप्ताहव्यापी रुपमा मनाइने जनाएको हो । 

श्रावण २४ गते, आइतबारका दिन मूल समारोहको आयोजना गरिने महासंघका महासचिव विमल सारु मगरले जानकारी दिए ।

महासंघले यो वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता: पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारा तय गरेको छ ।

नेपालका आदिवासी जनजातिहरूले आफ्नो भाषा, संस्कृति, सभ्यता, परम्परागत ज्ञान प्रणाली, प्राकृतिक स्रोतहरूको सम्बन्ध, भूमि अधिकार, समानुपातिक समावेशी सहभागिता, सामाजिक न्याय तथा पहिचानका सवालहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउने अवसरका रूपमा दिवसलाई मनाउँदै आएको महासचिव मगरले बताए । 

यस दिवसले नेपालको विविधता, सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास महासंघले लिएको छ । 

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ मा अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेपछि विश्वका विभिन्न मुलुकहरूमा आदिवासी समुदायले यस दिवसलाई आफ्नो अस्तित्व, पहिचान, अधिकार र सम्मानको साझा अभियानका रूपमा निरन्तर मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  २ : ०७ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ