ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ « Khabarhub

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आवश्यकताअनुसार ठूलो परिमाणमा हतियार उत्पादन भइरहेको र निरन्तर आपूर्ति गरिँदै आएको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार अमेरिकी रक्षा कम्पनीहरूले देशको इतिहासमै सबैभन्दा धेरै नयाँ उत्पादन प्लान्ट र कारखाना निर्माण गरिरहेका छन्। यसबाट अमेरिकाको रक्षा उत्पादन क्षमता अझ सुदृढ हुने उनको दाबी छ।

उनले गोप्य रक्षासम्बन्धी जानकारी चुहाउने व्यक्तिहरूमाथि पनि कडा कारबाही गरिने चेतावनी दिएका छन्। त्यस्ता व्यक्तिहरूको पहिचान भइरहेको र उनीहरूविरुद्ध लामो जेल सजायको माग गरिने उनले बताए।

यद्यपि, ट्रम्पले कुन गोप्य जानकारी वा कुन घटनासम्बन्धी चुहावटको कुरा गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। उनले केवल राष्ट्रघाती प्रकृतिका यस्ता सूचना चुहाउनेहरूमाथि कारबाही गरिने बताएका छन्।

‘म मानिसहरू मार्न चाहन्नँ’

लस भेगासमा बुधबार आयोजित एक कार्यक्रममा ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्न सैन्य कारबाहीभन्दा सम्झौताको बाटो रोज्न आफू इच्छुक रहेको बताए।‘म मानिसहरू मार्न चाहन्नँ, त्यसैले म सम्झौता गर्न चाहन्छु,’ उनले भने।

ट्रम्पले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य आक्रमणको तयारी अमेरिका गरिसकेको दाबी पनि गरे। उनका अनुसार त्यसैबेला अर्को पक्षले सम्पर्क गर्दै ‘कृपया आक्रमण नगर्नुहोस्, वार्ता गरौँ’ भनेको थियो। तर पछि सार्वजनिक रूपमा त्यही पक्षले वार्ता भएको कुरा अस्वीकार गरेको उनले बताए।

‘इरान आफैँ वार्ता चाहन्छ’

ट्रम्पले इरान आफैँ अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको दाबी गरे। दुवै देशबीचको वार्तामा राम्रो प्रगति भइरहेको र छिट्टै सम्झौता हुन सक्ने उनको भनाइ छ।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘उनीहरूले मलाई फोन गरेर कुरा गरौँ भने। उनीहरू वार्ता गर्न चाहन्छन्। रोचक कुरा के छ भने सार्वजनिक रूपमा उनीहरूले यसको उल्लेख गर्दैनन्।’

ट्रम्पले इरानका लागि सम्झौता नै सबैभन्दा उपयुक्त विकल्प भएको उल्लेख गर्दै ‘मलाई लाग्छ उनीहरूले सम्झौता गर्नेछन्। अब के हुन्छ, हेरौँ,’ भने।

इरानसँगको वार्ता सहज छैन

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँगको वार्ता लामो र जटिल हुने बताएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानभित्र केही समूह युद्ध अन्त्य गर्न चाहने र केही कट्टरपन्थी समूह भने द्वन्द्व जारी राख्न चाहने भएकाले अमेरिका सैन्य, आर्थिक र कूटनीतिक रूपमा सन्तुलित रणनीति अपनाउनुपर्ने बताए।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : ४७ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो