धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने « Khabarhub

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेताको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा रहेका एलपिजी ग्यास उद्योगले दैनिक बिक्री हुने ग्यासको विवरण अभिलेख राखी समानुपातिक रूपमा वितरण गर्ने, धनुषालाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

त्यसैगरी, ग्यास बिक्रेताले एक परिवारलाई एक सिलिन्डर मात्र बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने, व्यावसायिक प्रयोजनभन्दा घरेलु उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्नुपर्ने निर्णय भएको प्रजिअ लुइँटेलले बताए ।

कृत्रिम अभाव सिर्जना हुन नदिन आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै ग्यास बिक्रीवितरणका क्रममा बढी नाफा कमाउने उद्देश्यले अनुचित भण्डारण गर्ने, सहज आपूर्ति नगर्ने, बढी मूल्य लिने वा गलत नियतले कालोबजारी गर्ने व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ लुइँटेलको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमनलाई तीव्र बनाउने तथा माग, आपूर्ति र बिक्रीवितरणको नियमित अनुगमन गरी आवश्यक नियमन गर्ने निर्णयसमेत गरेको छ । पछिल्ला दिनमा ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ग्यास डिपोहरुको नियमित अनुगमन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ८ : ५४ बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने