एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल « Khabarhub

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र साउदीबीचको खेल बिहान ७ः १५ बजे सुरु हुँदैछ । दुई खेलमा विजयी भएको समूह ‘ए’को नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा दुई हार एक जित निकालेको साउदी दुई अंकसहित तालिकाको पुछारमा छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। यसअघि साउदीसँग भएका दुई खेलमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। सहजै सेमिफाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएर अन्तिम खेलको नतिजापछि नेपालले रनरेटको गणना पर्खिनुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ६ : २७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण