कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’ « Khabarhub

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच गत पुसदेखि नै निरन्तर समानान्तर गतिविधि हुँदै आएको छ । 

गगनलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षले सभापतिका रूपमा स्वीकार नगरे पनि देउवा पक्षका नेता पूर्णबहादुर खड्का भगगननिकट नेताहरूसँग छलफलमा रहेको बताइएको छ ।

उनी मात्रै होइनन्, यसअघि गगन पक्षमै रहेका तर बीचमा यता न उता भएका डा. शेखर कोइराला पनि गगनसँग संवादमा रहेको बताइएको छ । यसबारे हामीले शेखर कोइरालालाई सोध्दा उनी सबै कोणबाट संवाद र छलफल भइरहेको बताउँछन् ।

उनी गगन थापासँगै मिल्न जाने हुनुभएको हो भन्ने प्रश्नमा कोइरालाले पार्टी एकता कायम गर्न आफूले पहल गरिरहेकाले को कता जानेभन्दा पनि पार्टीलाई एक बनाउनु महत्वपूर्ण रहेको बताए ।

आफूले कांग्रेसलाई एक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कोइरालाले भने, ‘मैले त शेरबहादुर दाईलाई पनि पार्टी एक बनाउन भूमिका खेल्नुस् भनिराखेकै छु । गगनजीलाई पनि भनिराखेकै छु । म आफैं पनि गरिराखेकै छु । पूर्णजीलाई पनि भनिराखेकै छु। त्यसकारण पार्टी एक बनाउने मेरो मुख्य उद्देश्य हो। यता र उता भन्ने छैन ।’

पूर्णबहादुर पनि गगनको सम्पर्कमा

विगतमा गगन थापालाई सभापतिका रूपमा स्वीकार नगरी आलोचना गरिरहेका पूर्णबहादुर पछिल्लो समय गगनसँग नजिकिएको बताइएको छ । उनीनिकट नेताहरूसँग टेलिफोनमा कुरा गर्दा पनि गगनसँग सम्पर्कमा रहेको बताइन्छ। तर, पूर्णबहादुर स्वयंलाई सोध्दा उनले यस प्रश्नबारे उत्तर दिन चाहेनन् ।

कांग्रेसले असोजमा गर्ने भनेको १५औँ महाधिवेशनको तयारी थापा पक्षले तीव्रता दिएको छ । केही समयअघि रसुवामा गएको बाढीका कारण कांग्रेस त्यतातिर अल्मलिए पनि अहिले नियमित गतिविधि अगाडि बढाइरहेको छ। यसैबीच पूर्णबहादुर पनि गगनसँग मिल्न जाने दाबी गरिएको छ ।

यसबारे गगन थापा निकट एक पदाधिकारीले भने, ‘अहिले बाहिर कुरा मात्रै नल्याएको हो । लगभग पूर्णबहादुर दाइ र शेखर दाइ हामीलाई सहयोग गरेर महाधिवेशन समयमै सम्पन्न गरौं भन्ने पक्षमा खुलिसक्नुभएको छ । सबै कोणमा संवाद भइरहेको छ । पूर्वसभापति देउवालाई हाम्रो सभापतिले भेट्ने कुरा थियो, तर उहाँहरू कहिले के भन्ने, कहिले के भन्ने प्रवृत्तिका कारण भेट हुन पाएको छैन ।’

गगनले पूर्वसभापति देउवा पक्षलाई नभेटेको र उनीहरूसँग कुरा नगरेको आरोप कृष्ण सिटौलाले पनि लगाउँदै आएका छन् । तर, कांग्रेस महामन्त्री प्रदीप पौडेल भने भेट्ने तयारी भइरहँदा पनि विभिन्न बहानाका कारण भेट हुन नसकेको बताउँछन् ।

देश बाढीपहिरोको पीडाबाट गुज्रिरहेका बेला कांग्रेसको आन्तरिक विवाद भने झनै उत्कर्षमा पुगेको देखिन्छ। यता देउवा पक्षका नेता कान्छाराम तामाङ भने गगन थापासँग नमिली देउवा पक्षले छुट्टै पार्टी खोल्नेसम्मको संकेत गर्छन्।

‘पूर्व सभापतिहरूलाई नमान्ने, वरिष्ठ नेतालाई नमान्ने, याद नगर्ने भएपछि गगन थापाको प्राइभेट कम्पनीजस्तो कांग्रेसलाई बनाउन हामी चाहँदैनौं,’ उनी भन्छन्, ‘आफ्नो घरका पूर्वजेष्ठ सदस्यलाई नमान्नेले पार्टी कसरी बचाउँछ र ? हामी छुट्टै तयारी पनि गर्न सक्छौं।’

पाँच महिने विदेश बसाइपछि पूर्व सभापति देउवा गत असार २८ गते नेपाल आएका थिए। त्यसपछि उनी चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा छुट्टै कार्यालय खडा गरेर बसिरहेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १२ : २२ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो