हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई « Khabarhub

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन् ।

आइतबार बागमती प्रदेश सभाद्धारा आयोजित बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आफ्नो दलप्रति जनताको आकर्षण बढिरहेको दाबी गरे । 

सांसद राईले पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै पार्टीले जनताको अपेक्षा र भावना बुझेर अघि बढिरहेको स्पष्ट पारे । 

सांसद राईले पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै देशको समृद्धि, सुशासन र परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न दल तथा समूह परित्याग गरी नयाँ सदस्यहरू पार्टीमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ५ : ०१ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा