हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई « Khabarhub

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन् ।

आइतबार बागमती प्रदेश सभाद्धारा आयोजित बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आफ्नो दलप्रति जनताको आकर्षण बढिरहेको दाबी गरे । 

सांसद राईले पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै पार्टीले जनताको अपेक्षा र भावना बुझेर अघि बढिरहेको स्पष्ट पारे । 

सांसद राईले पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै देशको समृद्धि, सुशासन र परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न दल तथा समूह परित्याग गरी नयाँ सदस्यहरू पार्टीमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ५ : ०१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली