भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ « Khabarhub

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता उद्धार कार्य नै भए पनि त्यसपछि घटनाका कमजोरीहरूबारे संसद् र जनस्तरमा निष्पक्ष बहस हुनुपर्ने बताए । 

नेपालका विभिन्न स्थानमा बनिरहेका हाइड्रोपावर र सुरुङहरूमा विपद्का बेला हुनसक्ने जोखिम न्यूनीकरण र उद्धार कार्य निकै चुनौतीपूर्ण देखिएको उनले उल्लेख गरे।

थापाले पूर्वाधार निर्माण र डिजाइनकै चरणमा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए । 

सभापति थापाले विपद्को यस कठिन घडीमा नेपाली कांग्रेस पूर्ण रूपमा सरकार र पीडित नागरिकको साथमा रहेको प्रतिबद्धतासमेत व्यक्त गरे । 

पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको उनले बताए । 

उनले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्त्वपूर्ण रहेको स्पष्ट पारे । 

सभापति थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिए ।

उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए । 

सभापति थापाले देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको परामर्शका आधारमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने प्रष्ट पारे ।

सभापति थापाले भोटेकोशी र त्रिशूली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरे । 

थापाले रसुवा, नुवाकोट र धादिङ जस्ता बाढी प्रभावित जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताए । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समिति मार्फत कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : २२ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा