कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने « Khabarhub

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीका अनुसार आज बसेको कार्यसम्पादन समितिको बैठक मुख्यतः भोटेकोशी बाढी तथा पहिरोबाट उत्पन्न परिस्थितिमा केन्द्रित भएको थियो।

बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि पार्टीको तर्फबाट आवश्यक योगदान गर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रको अवस्थाबारे सरकारलाई आवश्यक सुझाव तथा सल्लाह दिने, पार्टीका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संगठनलाई थप परिचालन गर्ने र पीडितहरूलाई सहयोग पुर्‍याउने निर्णय पनि भएको प्रवक्ता चालिसीले जानकारी दिए।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट उठाउनुपर्ने विषयवस्तुका सम्बन्धमा पनि सुझाव दिने निर्णय गरेको छ।

त्यस्तै, भोटेकोशी बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएकाले आगामी २४ गतेका लागि तय भएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले पार्टीको अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका तथा निधन भएका सदस्यबाहेक अन्य सबैलाई १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेको तर अद्यावधिक नभएकाहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने निर्णय गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ८ : २६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री