भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज « Khabarhub

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।

वीर अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीमा परी घाइते भएकामध्ये २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तीमध्ये १७ जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा नेपालले जानकारी दिए । यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : ४४ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध