भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज « Khabarhub

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।

वीर अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीमा परी घाइते भएकामध्ये २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तीमध्ये १७ जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा नेपालले जानकारी दिए । यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ९ : ४४ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष