सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ? « Khabarhub

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

कुल ब्वाइले छाने त उचित फिल्म ?


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।

देशको वर्तमान अवस्था र शान्ति सुरक्षाबारे उनले गरेको टिप्पणीलाई लिएर आलोचना बढेपछि दत्त आफैँले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको अर्थ स्पष्ट गर्नुपरेको छ ।

शेखर सुमनको चर्चित टक शो ‘शेखर टुनाइट’ मा कुराकानी गर्ने क्रममा दत्तले भारतमा अहिले पहिलेको जस्तो शान्ति महसुस गर्न नसकेको बताएका थिए । 

भारतका मानिस निकै आत्मीय र अतिथिसत्कारमा अगाडि रहेको उल्लेख गर्दै उनले देशमा शान्ति कायम हुनुपर्ने बताएका थिए । पुराना दिन फेरि फर्किऊन् भन्दै उनले भगवान् शिवसँग प्रार्थना गरेको समेत बताएका थिए ।

तर, उनको यही अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भयो । कतिपयले दत्तको परिवार दुबईमा बस्दै आएको र उनीसँग यूएईको १० वर्षे ‘गोल्डेन भिसा’ रहेको प्रसंग जोड्दै उनको राष्ट्रभक्ति माथि समेत प्रश्न उठाए ।

यसै कार्यक्रममा दत्तलाई पाँच मिनेटका लागि भारतको प्रधानमन्त्री बनेको कल्पना गरेर देशवासीलाई सम्बोधन गर्न पनि भनिएको थियो ।

उनले आफ्नो चर्चित फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ को शैलीमा व्यंग्य गर्दै प्रधानमन्त्री र जनताबीचको सम्बन्धबारे धारणा राखेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणलाई अप्रत्यक्ष रूपमा कटाक्ष गर्दै आफू प्रधानमन्त्री भए विदेश जानुको सट्टा जनताकै बीचमा बस्ने बताएका थिए ।

आलोचना चर्किएपछि ६६ वर्षीय दत्तले ‘एक्स’मार्फत स्पष्टीकरण दिँदै आफ्नो भनाइलाई गलत अर्थमा बुझिएको दाबी गरेका छन् ।

उनका अनुसार कार्यक्रममा बोलेका कुरा स्क्रिप्टेड थिए र त्यसको भाव ‘मुन्ना भाइ’मा प्रस्तुत ‘गान्धीगिरी’ को अवधारणासँग जोडिएको थियो, जसको उद्देश्य भाइचारा र शान्तिको सन्देश दिनु थियो । 

उनले आफ्नो शब्दलाई तोडमोड गरेर फरक सन्दर्भमा बुझिएको भन्दै कसैको भावनामा ठेस पुर्‍याउने आफ्नो मनसाय नरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : २८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब