एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट  « Khabarhub

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीचको यो साझेदारीसँगै यी योजनाहरू सार्वजनिक गरिएका हुन्।

साझेदारी अन्तर्गत, ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन् । 

यसले दुई जनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ । एक्लै सेवा लिने ग्राहकहरूले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी लाभहरू नेपाली नागरिकहरूका लागि मात्र उपलब्ध छन् ।

एनसेलका अनुसार ९९ देखि. ४९९ रुपैयाँ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकहरूले पनि लाभ पाउन सक्नेछन् । ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन् । 

यो साझेदारी सम्झौता हालै मात्र एक कार्यक्रमबीच एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए ।

अफरको लाभ लिन ग्राहकहरूले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन् । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानमा आधारित हुनेछ । योग्य नभएका ग्राहकहरूले योग्य प्याक वा योजना खरिद गरी लाभ उठाउन सक्नेछन् ।

साझेदारीबारे टिप्पणी गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ । वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य हामीले राखेका छौँ। यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।’

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ४३ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा