काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीचको यो साझेदारीसँगै यी योजनाहरू सार्वजनिक गरिएका हुन्।
साझेदारी अन्तर्गत, ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन् ।
यसले दुई जनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ । एक्लै सेवा लिने ग्राहकहरूले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी लाभहरू नेपाली नागरिकहरूका लागि मात्र उपलब्ध छन् ।
एनसेलका अनुसार ९९ देखि. ४९९ रुपैयाँ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकहरूले पनि लाभ पाउन सक्नेछन् । ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन् ।
यो साझेदारी सम्झौता हालै मात्र एक कार्यक्रमबीच एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए ।
अफरको लाभ लिन ग्राहकहरूले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन् । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानमा आधारित हुनेछ । योग्य नभएका ग्राहकहरूले योग्य प्याक वा योजना खरिद गरी लाभ उठाउन सक्नेछन् ।
साझेदारीबारे टिप्पणी गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ । वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य हामीले राखेका छौँ। यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।’














प्रतिक्रिया