नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने « Khabarhub

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि चार जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । 

अर्थ मन्त्रालयअन्तर्गतको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले सोमबार सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम तथा उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो ।

नेप्सेको रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि छनौट तथा सिफारिस समितिले साउन १२ गते आवेदन माग गरेको थियो । तोकिएको म्यादभित्र कूल आठ जना उम्मेदवारले आवेदन पेस गरेका थिए । 

प्राप्त आवेदनहरूमध्येबाट ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३’ को दफा ६.२ बमोजिम चार जना उम्मेदवारको संक्षिप्त सूची तयार पारिएको समितिले जनाएको छ । संक्षिप्त सूचीमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी समावेश भएका छन् ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको दोस्रो चरणको मूल्याङ्कनअन्तर्गत नेतृत्व क्षमता, कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुने जनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ११ : २७ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका