प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने « Khabarhub

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा मंगलबार बसेको समितिमा प्रस्तावित राजदूतहरुबिरुद्ध परेका उजुरीहरु समिति सदस्यहरुलाई अध्ययनका लागि बितरण गर्र्दै असोज २६ देखि २८ गतेसम्म सुनुवाई गर्ने निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । 

संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन र उजुरीहरूको अध्ययन गर्नका लागि सांसदहरूलाई केही दिन समय दिइएको उनले बताए । 

समितिमा प्रस्तवित राजदूतहरुबिरुद्ध ७ वटा उजुरी परेका छन् । जसमध्ये १३ जना बिरुद्ध एउटा उजुरी, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेबिरुद्ध १ उजुरी, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार बिरुद्ध २ वटा उजुरी र जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बिरुद्ध ३ वटा उजुरी परेको सभापति श्रेष्ठले बताए ।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ०८ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ