प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने « Khabarhub

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा मंगलबार बसेको समितिमा प्रस्तावित राजदूतहरुबिरुद्ध परेका उजुरीहरु समिति सदस्यहरुलाई अध्ययनका लागि बितरण गर्र्दै असोज २६ देखि २८ गतेसम्म सुनुवाई गर्ने निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । 

संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन र उजुरीहरूको अध्ययन गर्नका लागि सांसदहरूलाई केही दिन समय दिइएको उनले बताए । 

समितिमा प्रस्तवित राजदूतहरुबिरुद्ध ७ वटा उजुरी परेका छन् । जसमध्ये १३ जना बिरुद्ध एउटा उजुरी, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेबिरुद्ध १ उजुरी, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार बिरुद्ध २ वटा उजुरी र जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बिरुद्ध ३ वटा उजुरी परेको सभापति श्रेष्ठले बताए ।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ०८ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६